दफा १२
कर नलाग्ने

प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको विषयमा देहाय बमोजिम हुनेछः–

(क) गैर आवासीय नेपालीले लगानी गर्दाको पूँजी रकममा कुनै कर लाग्ने छैन,

(ख) गैर आवासीय नेपालीले निजको नजिकको नातेदार नेपाली नागरिकलाई निजी प्रयोगको लागि एक आर्थिक वर्षमा पन्ध्र लाख रुपैयाँमा नबढ्ने गरी नेपाल राष्ट्र बैङ्कबाट वित्तीय कारोवार गर्न इजाजतपत्रप्राप्त कुनै वाणिज्य बैङ्क वा वित्तीय संस्था मार्फत पठाएको रकममा त्यस्तो रकम प्राप्त गर्दाको बखत कुनै कर लाग्ने छैन,

(ग) गैर आवासीय नेपालीले नाफा आर्जन नगर्ने गरी खडा भएको कुनै सामाजिक, धार्मिक, शैक्षिक, साँस्कृतिक, परोपकारी, खेलकूद वा दैवी प्रकोपको उद्धार कार्यसँग सम्बन्धित संस्थालाई नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्रप्राप्त कुनै वाणिज्य बैङ्क वा वित्तीय संस्था मार्फत पठाएको रकममा त्यस्तो रकम प्राप्त गर्दाको बखत कुनै कर लाग्ने छैन ।